Public Pana
कैलालीका चार दर्जन एमाले कार्यकर्ताले छोडे पार्टी

धनगढी । सुदूरपश्चिमको कैलालीका नेकपा एमालेका चार दर्जन कार्यकर्ताले पार्टी छोडेका छन् । 

कैलालीका ४६ पूर्वमाओवादी नेता तथा कार्यकर्ताले एमाले परित्याग गरेका हुन् । उनीहरूले एमाले भएर बस्दा पनि पटक पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने लगायत आरोप लगाउँदै पुस ११ गते अत्तरिया नगर अध्यक्षलाई राजीनामा बुझाएका छन् । 

राजीनामामा भनिएको छ- 'एमाले भएर बस्दा पनि हामीले पटक–पटक अपमानित हुनुपर्ने राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वको विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको  तर त्यो एकता मुख्य नेताहरूको आपसी लडाईको कारणले टिक्न सकेन ।' 

एमाले छोडेका कार्यकर्ताहरु पुर्व माओवादी नेता र हाल एमालेमा रहेका नेता लेखराज भट्टको क्षेत्रका रहेको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update