काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी आइतबार अचानक फ्लोरिडा पुगेकी छन् । मेलोनीको भ्रमण ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्नुभन्दा केही समयअघि भएको हो ।
तर, अबको केही दिनमा अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन इटालीको औपचारिक भ्रमणमा जान लागेका छन् । यस अवधिमा उनले प्रधानमन्त्री मेलोनी र पोप फ्रान्सिसलाई भेट्ने छन् ।
जर्जिया मेलोनीका सहयोगीहरूले उनले ट्रम्पसँगको राम्रो सम्बन्धलाई युरोप र अमेरिका बीचको सम्भावित व्यापार युद्ध रोक्न प्रयोग गर्न सक्ने बताइएको छ ।
मेलोनीले इरानसँग ट्रम्पसँग पनि छलफल गरेको बताइएको छ । इटालियन पत्रकार सेसिलिया सालालाई हालै इरानमा कानुन उल्लंघन गरेको आरोपमा हिरासतमा राखिएको थियो ।
हालै इटालीमा मोहम्मद अबेदिनी नामका एक इरानी व्यापारी पक्राउ परेका छन् । अमेरिकाको आग्रहमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि अमेरिकी प्रतिबन्धका बाबजुद इरानलाई ड्रोन नेभिगेसन टेक्नोलोजी आपूर्ति गरेको आरोप लागेको थियो ।