Public Pana
पुलिसका ललित राजबंशीले ७ विकेट लिएपछि आर्मी १२१ रनमा समेटियो

काठमाडौं । आजदेखि शुरु भएको जय ट्रफीको मेन्स एलिट कपमा पहिलो इनिंगमा त्रिभुवन आर्मी क्लब १२१ रनमा अल आउट भएको छ ।

नेपाल पुलिस क्लबका ललित राजबंशीले ७ विकेट लिएपछि आर्मी ३४.४ ओभरमा १२१ रन बनाएर अल आउट भएको हो ।

आर्मीका लागि कुशल मल्लले सर्बाधिक २५ रन बनाए भने भिम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१ रन बनाएका थिए ।

त्यस्तै नेपाल पुलिस क्लबका ललित राजबंशीले १४.४ ओभर बलिङ गर्दै ४ मेडनसहित ४७ रन दिएर ७ विकेट लिएका थिए । त्यस्तै पुलिसका कुशल भुर्तेल, सर्वन यादव र रशिद खानले एक एक  विकेट लिएका थिए ।

जवाफी ब्याटिंग गर्न आएको पुलिस क्लबले आजको खेल सकिदा २४ ओभरमा ७ विकेट गुमाउदै १०३ रन बनाएको छ । पुलिसका लागि गुलशन झा ३४ रन बनाएर अविजित रहेका छन् । त्यस्तै अमित श्रेष्ठले १८, रशिद खानले १६ र दिलिप नाथले १० रन बनाएका थिए ।

त्यसैगरी आर्मीका बलर शहाब आलमले ५ विकेट लिए भने सोमपाल कामी र पवन कार्कीले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update