संबिधान संशोधन बारे रास्वपाले बनायो सुझाव कार्यदल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानमा आवश्यक संसोधन गर्न कार्यदल बनाएको छ ।
रास्वपाले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल' गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
यो कार्यदलले सात वटै प्रदेशमा आवस्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसंग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने रास्वपाले जनाएको छ ।
यस कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन ।
साथै यो कार्यदलले सात वटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहने रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १२:४७
प्रतिक्रिया दिनुहोस्