अमेरिकामा दशककै सबैभन्दा भीषण हिमपात पूर्वानुमान, तयारीमा जुट्यो प्रशासन
काठमाडौँ । अमेरिकामा यस दशककै सबैभन्दा भीषण हिमपातको डरले प्रशासनले तयारी सुरु गरेको छ ।
यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेशनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको हो र आगामी केही दिनमा पूर्वतिर सर्नेछ ।
अमेरिकाका मिसिसिपी र फ्लोरिडालगायतका केही भागमा कडा चिसो नहुने ठाउँमा चिसोको अवस्था झनै बिग्रने चेतावनी दिइएको छ ।
मौसमविद्हरूका अनुसार ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर घुम्ने चिसो हावाको क्षेत्र) खराब मौसमको कारण हो ।
यसले सन् २०११ पछि संयुक्त राज्य अमेरिकामा सबैभन्दा चिसो जनवरी हुने अपेक्षा गरिएको छ ।
मौसम विभागका अनुसार आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र ट्राफिक अवस्था पनि राम्रो हुनेछैन ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १५:३५
प्रतिक्रिया दिनुहोस्