Public Pana
पूर्व कप्तान सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश, भोलिदेखि बन्द प्रशिक्षणमा सहभागी हुने

नावालिग बलात्काकार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।

हिजो देखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको लामिछाने त्यसका लागि हिजो त्रिवि मैदानमासमेत पुगेका थिए । तर, बिहिवार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका एक कर्मचारीले जानकारी दिएका छन ।

उनका अनुसार नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवत: आजवाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । 

नेपालले आगामी महिना आईसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।


प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update