Public Pana
दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक उत्खनन अघि बढ्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम पदार्थको नमुना निकालिएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिदैँ उनले अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ। अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ ।’  

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update