Public Pana
सिड्नी टेस्ट रोचक मोडमा मा भारत १४५ रनले अगाडी

काठमाडौँ । सिड्नी टेस्ट रोचक मोडमा पुगेको छ । 

बोर्डर-गावस्कर सिरिजको पाँचौं खेलको दोस्रो दिनको खेल सकिदा भारतले ६ विकेट गुमाउदै १४१ रन बनाएसँगै भारत १४५ रनले अगाडी रहेको छ ।

भारतका लागि ऋषव पन्तले सर्बाधिक ६१ रन बनाएका थिए भने यशस्वी जैसवालले २२, केएल राहुल र शुभमन गिलले १३-१३ रन बनाएका थिए । खेल सकिदा भारतका रविन्द्र जडेजाले ८ र वाशिंटन सुन्दरले ४ रन बनाएर खेलिरहेका छन् ।

भारतको दोस्रो इनिंगमा अस्ट्रेलियाका बलर स्कट बोल्याण्डले सर्बाधिक ४ विकेट लिए भने पाट कमिन्स र वेआउ वेबस्टरले एक एक विकेट लिएका थिए ।

यस अघि पहिलो इनिंगमा भारतले १८५ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंगमा १८१ रन बनाएको थियो ।

यस सिरिजमा अस्ट्रेलिया २-१ ले अगाडी रहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update