Public Pana
युभेन्टसलाई हराउदै एसी मिलान सुपर कोपाको फाइनलमा

काठमाडौँ । एसी मिलान इटालियन सुपर कोपाको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा एसी मिलानले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

एसी मिलानको जितमा क्रिस्टियन पुलासिकले एक गोल गरेका थिए भने एक गोल युभेन्टसका फेडेरिको गट्टीले आत्मघाती गोल गरेका थिए । त्यसैगरी युभेन्टसका लागि एक गोल केनान यिल्डीजले गरेका थिए ।

यो जितपछि एसी मिलान सुपर कोपाको फाइनलमा पुगेको छ । अब फाइनलमा एसी मिलानले इन्टर मिलानको सामना गर्ने भएको छ । यसअघि सम्पन्न सेमिफाइनलमा इन्टर मिलानले एटलान्टालाई २-० गोल अन्तरले हराउदै फाइनलमा पुगेको थियो ।

फाइनल खेल सोमबार राति हुने छ ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update