Public Pana
रास्वपाको केन्द्रीय समिति बैठक आज र भोली बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । 

केन्द्रीय समिति बैठक यही शनिबार र आइतबारका लागि बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिक छलफल, स्थानीय तह उपनिर्वाचन समीक्षा, सहकारी सम्बन्धी अध्यादेश, संविधान परिमार्जन लगायतको विषयमा छलफल गरिने बुर्लाकोटीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update