Public Pana
जय ट्रफी खेल्ने पुलिस क्लबको टिम घोषणा, आरिफले कप्तानी गर्ने

काठमाडौं । आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा भएको हो ।

पुलिसको टिममा आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सरेला रहेका छन् ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरु सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट पुस २१ गतेदेखि हुँदैछ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगञ्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

क्यानले सार्बजनिक गरेको खेल तालिकाअनुसार जनवरी ५ र ६ मा मधेस प्रदेश र बागमती प्रदेश जनकपुरमा खेल्ने छन् भने जनवरी ५ र ६ मै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब पर्सामा खेल्ने छन् । त्यसपछि जनवरी ८ र ९ मा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश जनकपुरमा खेल्ने छन् भने जनवरी ८ र ९ मै मधेश प्रदेश र नेपाल पुलिस क्लब पर्सामा खेल्ने छन् ।

त्यसपछि जनवरी ११ र १२ मा नेपाल पुलिस क्लब र बागमती प्रदेश जनकपुरमा खेल्ने छन् भने जनवरी ११ र १२ मा त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश पर्सामा खेल्ने तालिका क्यानले सार्बजनिक गरेको छ ।

त्यस्तै शिर्ष दुई स्थानमा रहेका टिमले जनवरी १४ देखि १६ सम्म पर्सामा फाइनल हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update