Public Pana
मधेश प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस

धनुषा । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही पुस २३ गते मंगलबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरको छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update