Public Pana
आइभरी कोस्टबाट फ्रान्सेली सेना फर्किने

काठमाडौँ । आइभरी कोस्टले फ्रान्सेली सेना चाँडै देश छोड्ने घोषणा गरेको छ ।  देशका राष्ट्रपति अलासेन ओउटाराले यो घोषणा गरेका हुन् ।

राष्ट्रपतिले यो कदमले देशको सशस्त्र बलको आधुनिकीकरणलाई देखाएको बताए । नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

आइभरी कोस्टमा फ्रान्सेली सैनिकहरू दशकौंदेखि उपस्थित छन् । पश्चिम अफ्रिकी देश आइभरी कोस्टमा फ्रान्सको औपनिवेशिक शासन सन् १९६० मा समाप्त भएको भएपनि फ्रान्सेली सैनिकहरू अहिलेसम्म उपस्थित रहेका छन् ।

सेनेगलले पनि गत महिना फ्रान्सले आफ्नो भूमिमा रहेका आफ्ना सैन्य अड्डाहरू बन्द गर्ने घोषणा गरेको थियो । यो काम सन् २०२५ को अन्त्यसम्ममा सम्पन्न हुनेछ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update