Public Pana
भीम रावलको पत्रकार सम्मेलन आज

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले आज पत्रकार सम्मेलन गर्न लागेका छन् ।

नेता रावलले परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे आज १ बजे बबरमहलस्थित कार्की बैंकटमा पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेका हुन् ।

एमालेको गत बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । 

रावलले नयाँ राजनीतिक दल बनाएर अगाडी बढ्ने बारेमा आफु निकट नेताहरुसँग छलफल अगाडी बढाएको बताइएको छ ।  उनले आजको पत्रकार सम्मेलनमा नयाँ पार्टीको घोषणा नगरेपनि उनले आगामी दिनमा देश दौडाह गरेपछि नयाँ दलको घोषणा गर्ने तयारीमा रहेको उनी निकट नेताहरुले बताएका छन् । उनले गैर कम्युनिष्ट पार्टी बनाउने गरी छलफल अगाडी बढाएको र सो पार्टीमा सम्पूर्ण देशभक्त र राष्ट्रवादी सोच राख्ने र हाल कुनै पनि दलमा सक्रिय नभएकाहरुलाई समेट्ने तयारी गरेका छन् । 
  

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update