Public Pana
आइपीस्वीच टाउनसँग चेल्सी पराजित

काठमाडौँ । आइपीस्वीच टाउनले चेल्सीलाई स्तब्ध पारेको छ ।

गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा आइपीस्वीच टाउनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आइपीस्वीच टाउनको जितमा लियाम डेलाप र ओमारी हटचिनसनले एक एक गोल गरेका थिए ।

यो जितपछि आइपीस्वीच टाउनको १९ खेलमा १५ अंक भएको छ र लिगमा १८औं स्थानमा उक्लिएको छ ।

त्यस्तै चेल्सीको भने यस सिजनमा यो चौथो हार हो । १९ खेलमा ३५ अंक रहेको चेल्सी हाल लिगमा तेस्रो स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update