भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।
नेता रावलले परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे बुधबार १ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेका हुन् ।
उनलाई एमालेले पार्टीको अनुशासन विपरित अभिव्यक्ति दिदै आएको भन्दै संगठित सदस्यबाट निष्कासित गरेको थियो । उनले काठमाडौँको बबरमहलस्थित कार्की बैंकटमा पत्रकार सम्मेलन गर्न लागेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१ १४:३७
प्रतिक्रिया दिनुहोस्