Public Pana
पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा सक्रिय हुन खोजेको हो भने स्वागतयोग्य छ- महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुन खोजेको हो भने स्वागतयोग्य विषय रहेको बताएका छन् ।

महोत्तरीको रामगोपालपुरमा एक कार्यक्रममा जनकपुर आएका महासचिव पोखरेलले विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।  उनले भनेका छन्-‘सम्मानीय पूर्वराष्ट्रपतिज्यू पुनः समाजसेवामा सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य हो ।'

महासचिव पोखरेलले अहिले आफूहरुले पार्टीको महाधिवेशनभन्दा बढी मिसन ०८४ मा केन्द्रित भएर काम गरिरहेको पनि बताए । 

एमालेका एक थरि नेता हाल पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन लागिरहेको बेला महासचिव पोखरेलको यस्तो प्रतिक्रिआ आएको हो । दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी भण्डारीले पनि एमालेमा फर्किने मनशाय व्यक्त गरिसकेकी छन् । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update