भीम रावललाई एकीकृत समाजवादीमा स्वागत गर्न तयार छौं- महासचिव भुसाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेले निष्कासित गरेका नेता भीम रावललाई आफुहरुले आफ्नो पार्टीमा स्वागत गर्ने बताएका छन् ।
शनिबार राजधानीको संवाद डबलीमा नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन(नेष्टु) ले आयोजना गरेको कार्यक्रममा भुसालले एमालेबाट भिम रावललाई निष्कासीत गर्ने कार्य केपी ओलीको निरङ्कुशताको पराकाष्टा भएको टिप्पणी गर्दै नेता रावललाई स्वागत गर्न आफुहरु तयार रहेको बताएका हुन् ।
महासचिव भुसालले चाकरी गर्ने ओलीका मित्र र पार्टीको नीति,विधि र पद्दतीमा हिंड्ने स्वाभिमानी नेता–कार्यकर्ता उनका दूष्मन हुने विषय नौलो नभएको बताउँदै भुषालले भने, 'भिम रावल एक राष्ट्रवादी र स्वाभिमानी नेता भएकोले ओलीले राजनीतिक प्रतिशोध साँधे ।'
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ १९:२५
प्रतिक्रिया दिनुहोस्