Public Pana
भौतिक मन्त्री राईले बाँकेमा एकै दिन गरे ४ पुलको शिलन्यास

नेपालगञ्ज, भदौ २० गते । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले मन्त्री भएको २ महिनामै आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौ बिकासका कार्यक्रमको कार्यान्चयन गराउन सफल भएका छन् ।

बाँके जिल्लाको बिकासमा यसअघि शहरी विकास मन्त्री हुँदा समेत निकै प्रभावकारी भूमिका खेलेका राईले भौतिक मन्त्री भएको छोटो समयममै जिल्लामा थुप्रै विकास निर्माणको कामलाई कार्यान्वयनमा लैजान सफल भएका हुन ।

नेपालगञ्जस्थित मुख्य सडकलाई अन्तराष्टिय स्तरको मापदण्डमा बनाउने प्रक्रिया शुरु हुँदै छ भने सडक बत्ति तथा सिग्ननल जडानको काम पनि शुरु हुँदै छ ।

यसैबीच मन्त्री राईले बाँकेमा एकै दिन चारवटा पक्की पुल निर्माणको शिलान्यास गरेका छन् । 

मन्त्री राईले सोमबार बाँकेको डुडुवा गाउँपालिकाको डुडुवा नदीमा चार वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास  गरेका हुन । । 

मन्त्री राईले टपरीदेखि चौफेरी जोड्ने ९० मिटर, नौरीगौडीदेखि कैरातीपर्वा जोड्ने ५० मिटर, राजारामपुरवादेखि हल्कारापुर्वा जोड्ने ४५ मिटर र डुडुवा ४ मोल्हुपुरवा अमराहवादेखि लडिहाघाट जोड्ने ४५ मिटर लामो पुल निर्माणको शिलान्यास गरे। 

डुडुवा १ मा आयोजित शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले जनतालाई आवागमनमा सहजता प्रदान गर्न सरकारले सडक र पुलको निर्माणलाई प्राथमिकतामा राखेको राईले बताए ।। 

केही दिनदेखि गृह जिल्लाको भ्रमणमा रहनुभएका मन्त्री राईले विभिन्न कार्यक्रममा सहभागी भएर सोमबार काठमाडौँ फर्किका छन् । ।  

मन्त्री राई आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा सदस्यका लागि बाँके क्षेत्र नम्वर २ बाट जसपाको एकल रुपमा सिफारिसमा परेका छन् । राईलाई लुम्बिनी प्रदेशमा प्रभावशाली नेताका रुपमा हेर्ने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update