Public Pana
आइपीस्वीच टाउनमाथि आर्सनलको जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले आइपीस्वीच टाउनलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा आर्सनलले आइपीस्वीच टाउनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा कहल्को २३औं मिनेटमा काइ हार्भेटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि आर्सनल लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलको १८ खेलमा ३६ अंक भएको छ । त्यस्तै शिर्ष स्थानमा रहेको लिभरपुलको १७ खेलमा ४२ अंक रहेको छ ।

त्यस्तै आइपीस्वीच टाउनको १८ खेलमा १२ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update