जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
रोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा सुनछहरी गाउँपालिका-४ सिउरी बस्ने २२ वर्षीय हर्क बहादुर पुन मगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हर्क बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ १४:३५
प्रतिक्रिया दिनुहोस्