Public Pana
झण्डै ७० दिन थुनामा बिताएका रवीविरुद्ध आज अदालतमा मुद्धा दर्ता हुँदै

सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमामा पेश भएको छ ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेश गरिएको जानकारी दिनुभयो ।  

अहिले जिल्ला अदालतमा त्यसलाई रुजु रुजु भइरहेको र मिसिल र प्रमाणहरू रुजु गरिएपछि मुद्दा दर्ता हुने अदालत स्रोतको भनाइ छ । 

मिसिल रुजु गर्न समय लाग्ने भएकोले साँझसम्म दर्ता हुने बताइएको छ  ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दर्ता हुँदै छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update