Public Pana
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प गयो, क्षति खासै भएन

मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएकोभूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको  केन्द्रले जनाएको छ

भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन ।

बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update