काठमाण्डौ उपत्यकामा बायु प्रदुषण बढ्दो, बुधवार बायुको गुणस्तर निकै हानिकारक
काठमाडौँ उपत्यकाको वायुको गुणस्तर हानिकारक देखिएको छ । काठमाडौँ उपत्यकाभित्र ललितपुरको पाटन– टांगा चोकको वायु गुणस्तर अति अस्वस्थ भएको स्विस वायु गुणस्तर मापन कम्पनी आइक्यु एयरले देखाएको छ ।
पाटन क्षेत्रको वायुको गुणस्तर बिहान १०ः १५ मा २१४ पुगेको बताइएको छ ।
काठमाडौँस्थित अमेरिकी दूतावासको वायु प्रदूषण मापन यन्त्रका अनुसार उपत्यकाको वायुको गुणस्तर अहिले अस्वस्थकर देखिएको छ ।
दूतावासको एअर क्वालिटी इन्डेक्सका अनुसार अहिले हावाको गुणस्तर १७७ रहेको छ ।
यस्तो बायु मानव स्वास्थ्यका लागि निकै हानिकारक हुने चिकित्कहरुले बताएका छन् । बायुको गुणस्तर यसरी खस्किदै गए बालबालिका, बृद्ध तथा दिर्घरोगीहरुमा थप जटिल समस्या देखिने सक्ने चिकित्सकहरुको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १२:४३
प्रतिक्रिया दिनुहोस्