Public Pana
आजको क्याविनेटले शहरीमा सचिव ल्याउँदै, गोपाल सिग्देल र सरजू वैद्य मध्ये एक आउने निश्चित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । आफ्नो आसन्न चीन भ्रमण स्वीकृत गर्नेदेखी केही नियुक्ती र सरुवावारे निर्णय गर्न मन्त्रिपरिषद् वैठक बस्ने लागेको हो । 
उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली यही मङ्सिर १७ गतेदेखि चीन भ्रमणमा जाने तयारीमा हुनुहुन्छ।यसैगरी बैठकले आजै केही सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल मंगलवार सेवानिवृत भएपछि आजकै मन्त्रिपरिषद् वैठकले अर्को सचिवलाई शहरीको जिम्मेवारी दिनेछ ।

स्रोतका अनुसार शहरी विकास मन्त्रालयमा उर्जा आयोगमा रहेका सचिव गोपाल सिग्देल र प्रधानमन्त्री कार्यालयका सचिव सर्जु वैद्य मध्ये एक जना आउने चर्चा छ । परराष्ट्रमन्त्री आरजु राणासँग निकट रहेका सचिव सिग्देलको सम्भावना बढी भएपनि नेवार समुदायका भएकाले सरजू वैद्यले पनि शहरीमा बाजी मार्न सक्ने कतिपयको आंकलन छ ।

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग निकट भएकाले वैद्यलाई शहरीमा आउन सहज हुने् विश्लेषण मन्त्रलयमा चल्ने गरेको छ । यसैगरी मन्त्रीपरिषद् वैठकले विभिन्न निकायमा रिक्त राजनीतिक पदमा समेत नियुक्ती गर्ने सम्भावना छ । 

ीबहmष् कगलचष्कभ दबलप द्दण्घद्ध
भ्रमण तालिका अनुसार  १८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । सोही क्रममा दुई देशबिच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर समेत हुने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update