अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारको महत्त्वपूर्ण पदमा नियुक्ति सुरु गरेका छन् । ट्रम्पले एलन मस्क र भारतीय मूलका विवेक रामास्वामीलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ ९डिओजीई० प्रमुख पदमा नियुक्त गरेका छन् । ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए । त्यसकै गुन तिर्न ट्रम्पले मस्कलाई बिशेष पद श्रृजना गरि नियुक्ती गरेका हुन ।
अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ ९डिओजीई०मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि ट्रम्पले नियुक्त गरेका छन् ।
यो घोषणा गर्दै ट्रम्पले मस्कलाई ‘ग्रेट एलोन मस्क’ भने भने रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भनि सम्बोधन गरेका छन्। यो जिम्मेवारी पाएपछि विवेक रामास्वामीले लेखेका छन्( हामी नरम व्यवहार गर्ने छैनौँ । रामास्वामीले आफूलाई दिइएको जिम्मेवारी आक्रामकताका साथ कार्यान्वयन गर्ने संकेत गरेका छन् र ट्रम्प पनि यही चाहन्छन् ।
ट्रम्पले रामास्वामीलाई त्यही जिम्मेवारी दिएका छन् जसको उनले वकालत गर्दै आएका थिए । उदाहरणका लागि, रामास्वामीले धेरै सरकारी विभाग र एजेन्सीहरू बन्द गर्ने वकालत गर्दै आएका छन्।
मस्कसँगै रामास्वामीले संघीय एजेन्सीहरूको पुनर्संरचनाका साथै कर्मचारीतन्त्र, अप्रासंगिक नियम(कानुन र सरकारमा हुने अनावश्यक खर्च रोक्ने काम गर्नेछन्। ट्रम्पले यसलाई ‘सेभ अमेरिका’ अभियानका लागि आवश्यक भएको बताएका छन् ।
ट्रम्पले थप केही महत्त्वपूर्ण नियुक्तिलाई पनि अनुमोदन गरेका छन् । फ्लोरिडाका सांसद माइकल वाल्ट्ज अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सिनेटर मार्को रुबियोलाई विदेशमन्त्री बनाइने भएको छ ।
५० वर्षीय वाल्ट्ज पूर्व सैन्य अधिकारी हुन् र लामो समयदेखि ट्रम्पका समर्थक थिए। उनी अमेरिकी कांग्रेसमा पुनः निर्वाचित भएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्जको नियुक्तिलाई सिनेटको अनुमोदन आवश्यक पर्दैन।