Public Pana
चितवनको नारायणगढ मुग्लिङ सडकमा ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते

चितवनको नारायणगढ मुग्लिङ सडकमा सडक माथिबाट ढुंगा खस्दा २ वटा बसका ५ जना घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका(६ टोपेखोलामा शनिबार राति ढुंगा खसेर लाग्दा ५ जना यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये तीनजनाको अवस्था मध्यम र दुईजनाको अवस्था सामान्य रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

घाइतेहरूमा बर्दिया गेरूवाका प्रेमकला थापा, विकास शर्मा र गीता पाण्डे तथा मुगुका हिरामणि सञ्जेल र मोहन सञ्जेल रहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले काठमाडौंबाट बर्दिया जान आइरहेको ना७ख २७४५ नम्बरको बस र काठमाडौंबाट नारायणगढ आउँदै गरेको बाप्र०६(००१ज ०२३६ नम्बरको माइक्रोबसमाथि ढुंगा लागेको हो । 

पहिरोको कारण उक्त सडक खण्ड भएर यात्रा गर्दा निकै जोखिम भएपनि दशैका कारण सर्वसाधरण यात्रु बसबाट यात्रा गर्न बाध्य छन् । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update