Public Pana
सिट बाँडफाँटको विषय वस्तुपरक हुनुपर्छ

 

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनमा पार्टीको तर्फबाट प्रस्तुत गर्ने दाबीलाई मजबुत ढङ्गले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ ।

गठबन्धनका तर्फबाट गठित कार्यदलमा सिट बाँडफाँटको विषयमा भएका प्रगति विवरणबारे छलफल गरिएको बैठकमा वैज्ञानिक र वस्तुपरक ढङ्गले छलफल गरी सिट बाँडफाँटको टुङ्गो लगाउनुपर्ने सुझाव सहभागी नेताहरूले दिनुभएको

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार देशभर पार्टी र सङ्गठनको अवस्थाबारे समीक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update