Public Pana
रबी लामिछानेलाई तत्काल पक्राउ नगर्ने गृहको योजना, प्रसाई पक्राउको माहौल हेरेर एक्सनमा जाने सरकारको रणनीति

गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीको पक्राउले रबि लामिछाने समेत पक्राउ पर्ने भन्दै  राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा कार्यकर्ताको भिड लागेको छ ।  
सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वडीआईजी जोशीलाई प्रहरीले आज साँझ पक्राउ गरेपछि रबि समेत पक्राउ पर्ने धेरैले अनुमान गरेका छन् । 

काठमाण्डौंको बानेश्वरबाट पक्राउ परेको छबिलाई प्रहरीले कास्की लैजादैछ । उनको पक्राउ लगत्तै रबिलाई समेत प्रहरीले पक्राउ गर्न सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यलय धुम्बाराहीमा उपत्यकाका सम्पुर्ण केन्द्रीय नेताहरुलाई उपस्थित गर्न उर्दी  जारी गरेको छ । यद्यपी गहृ मन्त्रालय उच्च स्रोतका अनुसार रबि लामिछानेविरुद्ध आइतवार साँझसम्म पक्राउ पुर्जी जारी भएको छैन ।

आइतवारै मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई पक्राउ परेकाले तत्काल रबिलाई पक्राउ नगर्न नुहने योजनामा गृह प्रशासन रहेको बुझिएको छ । एकै पटक दुर्गा प्रसाई र रबिलाई पक्राउ गर्दा उनका समर्थकहरु एकढिक्का भएर सरकारविरुद्ध उग्ररुपमा प्रस्तुत हुन सक्ने भन्दै तत्काललाई माहौल हेरेर थप कमद चाल्ने गृह प्रशासनको योजना छ ।

राजनीतिक उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अमेरिका रहेका बेला दुर्गा प्रसाई र रबीमाथी अनुसन्धानको प्रक्रियालाई कडाई  साथ अघि बढाउन निर्देशन दिएकाले गृह प्रशासनले सोही योजना मुताविक आइतवार दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको स्रोतको दावी छ । प्रधानमन्त्री ओली करिब १२ दिन अमेरिका बस्ने र उक्त अवधिमा नेपालमा प्रसाई र रबीलाई तह लगाउने योजना अनुसार नै गृहमन्त्री रमेश लेखकले प्रहरी प्रमुखलाई कडाई साथ पेश हुन निर्देशन दिएका छन् ।

प्रहरीले प्रसाईलाई १० दिन हिरासतमा राख्न आजै जिल्ला अदालतबाट अनुमति माग गरेकाले पनि गृह प्रशासन कठोर रुपमा अघि बढेको कतिपयले टिप्पणी गरेका छन् । यद्यपी बिश्लेषकहरुले दुर्गा प्रसाईको प्रक्राउले उनका समर्थकहरुलाई सरकारविरुद्धको प्रर्दशनमा उत्रिन उत्तेजित गर्न सक्ने भन्दै पछिल्लो निर्णय सरकारकै लागि प्रत्युत्पादक हुन सक्ने चेतावनी दिएका छन् ।

त्यसमाथी पनि सहकारी प्रकरणमा गोर्खा मिडियाका संचालक रबि लामिछानेका तत्कालिन साझेदार छबिलाल जोशीलाई प्रहरीले आइतवार पक्राउ गरेसँगै रबी लामिछानेलाई समेत पक्राउ पर्ने आशंकाले उनका समर्थक पनि सरकारविरुद्धको प्रर्दशन उत्रिन सक्ने कतिपयले बिश्लेषण गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update