Public Pana
माओवादी केन्द्रले संसदमा प्रधानमन्त्रीलाई बोल्न दिने

 नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएको छ ।


आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बैठक अवरोध नगर्ने बताएको हो ।


माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु 'हिंसा' शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा

सम्बोधन गर्न बाधा नगर्ने बताएका हुन् । उनले आफुहरु सभामुखको विरोधमा नरहेको बताउदै आफ्ना कुरा राखेर संसद अवरोध नगर्ने स्पष्ट गरेका हुन् ।
  
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update