Public Pana
काठमाडौंबाट चितवन उड्ने लागेको बुद्धको जहाजमा समस्या देखिएपछि उडान रद्ध

काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा फेरी प्राविधिक समस्या देखिएको छ । पछिल्लो समय बुद्ध एउरको जहाजमा एकपछि अर्काे समस्या देखिन थालेको छ ।

केही दिन अघि मात्र बुद्ध एयरले अपाm्नो पुरानो जहाजलाई व्यवसायिक उडानबाट बिदाई गरेको थियो ।

आज बिहान भरतपुरका लागि उड्ने तयारीमा रहेको जहाजमा एक्कासी समस्या देखिएपछि जहाजलाई फर्काएर यात्रुलाई ओरालिएको थियो । कतिपय यात्रुले अव जहाजमा नजाने भन्दै टिकट फिर्ता गरेर फर्किएका थिए ।

बुद्ध एयर व्यवस्थापनले जहाजमा प्राविधिक समस्या देखिनु सामान्य भएकाले अव उक्त जहाजलाई बिस्ृतत परीक्षण गरेर मात्र उडाउन गराउने बताएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update