
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न शिफारिस गर्ने निर्णय गरेको हो । यो संसदको यो अधिवेशन बैशाख २४ गतेदेखि शुरु भएको थियो ।
यसैबीच प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न १ बजेदेखि बैठक बस्दै छ ।
यस अघि आइतबारको बैठक माओवादी केन्द्रले संसदको अवरोध गर्ने अडान नछोडेपछि बस्दै नबसी स्थगित भएको थियो ।
गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो । संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको 'हिंसा' शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि
माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।
आजको बैठको कार्यसूची: