Public Pana
रामेछाप पहिरोमा ६ जनाको मृत्यु, ४ जना अझै बेपत्ता

 रामेछापको दोरम्बा शैलुङ ३ मा गएको पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । पहिरोमा परी ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पहिरोले ४ वटा घर र एक पक्कि पुल बगाएको छ । अहिले बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपाने जानकारी दिए । 

 

एघार वर्षीय अञ्जना श्रेष्ठ घाइते भएकी छन् । 

 

मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको छ। पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update