Public Pana
२५ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने आयोगको तयारी

 निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचन आगामी २५ फागुनमा गर्ने निर्णय गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनु चार दिनअघि २५ फागुनमा राष्ट्रपति पदको निर्वाचनको मिति आयोगले तय गरेको हो । 

सोमबार बसेको आयोगको बैठकले २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । आगामी २९ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल सकिँदै छ । 

साथै आयोगले आगामी ३ चैतमा उपराष्ट्रपति चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update