Public Pana
प्रतिनिधीसभा वैठकमा सांसदहरुको प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने रास्वपा सांसद डा. तोसिमा कार्कीले हैजा महामारीका बारेमा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण प्रस्ताव राख्ने कार्यक्रम रहेको छ ।

यस बाहेक आजको बैठकमा संसदमा विभिन्न विधेयक पेस गर्ने तालिका रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

धितोपत्र सम्बन्धी विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी विधेयक, २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
  

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update