Public Pana
परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गरेकी छन् । 

राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग शनिबार साँझ भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालका परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । परराष्ट्रमन्त्री राणासँगको भेटलगत्तै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत मन्त्री मन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका हुन् । 

प्रधामन्त्री मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध  प्रगतिशील र बहुआयामिक साझेदारी रहेको बताउँदै दुई देशबीचको विकास साझेदारीमा भारत निरन्तर गतिको लागि तत्पर रहेको बताएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो । 

यस अघि राणाले आजै आफ्ना समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।  आइतबार नयाँ दिल्ली पुगेकी राणा आफ्नो पाँच दिने भारत भ्रमण सकेर विहिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update