Public Pana
परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने

भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।

राणाले सोमबार साँझ साँढे ७ बजे भारतीय प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

राणा भारतको पाँच दिने औपचारिक भ्रमणका लागि आजै नयाँ दिल्ली पुगेकी हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update