Public Pana
बार्सिलोनाको जितमा लेवानडोस्कीको दुई गोल

 स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । १-० ले पछि परेको अवस्थामा बार्सिलोनाले कमब्याक गर्दै जित हासिल गरेको छ । लेवानडोस्कीले खेलको ४५औं र ४९औं मिनेटमा गोल गरेका थिए । त्यस्तै भलेन्सियाका लागि हुगो डुरोले एक गोल गरेका थिए ।         

यो जितपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update