Public Pana
संक्रमणकालिन न्याय सबन्धि बिद्येयक पारित

  सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ ।

आज बसेको  प्रतिनिधिसभाबाट बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो ।

बुधबारको प्रतिनिधि सभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए। त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए।

सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन्।

लामो समयदेखि विवादित यो विधेयकमा हालै दलहरूबीच सहमति जुटेर संसदको कानुन न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मत पारित भएको थियो।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update