Public Pana
साधरण सेयरमा सर्वधारणलाई मार,  खप्तड लघुवित्तको आइपिओ एक प्रतिशतलाई पनि परेन

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । 

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत आईपीओको बाँडफाँट गरिएको हो । आईपीओमा आवेदन दिनेमध्ये १२ हजार ३४० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । योग्य आवेदकको संख्या भने १७ लाख ८३ हजार ७४ जना रहेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ ८ देखि १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र २ हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो भने १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।

१२ हजार मात्र बाँडफाँड गर्ने कम्पनीले १८ लाखलाई आवेदन भर्न दिनु न्यायोचित नभएको कतिपयको भनाई छ । १८ लाख आवेदनमा १२ हजारलाई परेको आइपिओ गणना गर्दा एक प्रतिशत भन्दा कम हुन आउछ । 

आवेदकले आइपिओ भर्दा अधिकांस बैंकहरुले २० रुपैया शुल्क लिने गरेका छन् । त्यसरी शुल्क लिएर असिमित आवेदनबाट साधरण सेयरमा सर्वसाधरणलाई आर्थिक मार पर्दा समेत सरोकारवाला कुनैपनि निकायले यसप्रति ध्यान दिएको देखिदैन । 

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update