Public Pana
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

 सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। २० गते कांग्रेस-एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लागेका हुन्।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि २७ सिट सङ्ख्या आवश्यक पर्छ । 

शुदुरपश्चिम प्रदेशमा कांग्रेसका १८, माओवादी र एमालेका ११-११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update