Public Pana
प्रधानमन्त्री ओली र भारतीय बिदेश सचिवबिच शिष्टचार भेटबार्ता,  मोदीलाई ओलीको निम्तो

प्रधानमन्त्रि केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्री बिच भेटबार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सिंहदरबारमा शिष्टचार  भेटबार्ता भएको छ। उक्त भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । 

उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आईपुगेका हुन् । 

केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण भएको हो । 

सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । 

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update