Public Pana
भारतीय विदेश सचिव भोली  नेपाल आउँदै, उच्चस्तरिय भेटघाट गर्ने

 भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन्।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी २८ साउनमा भारत फर्किने छन्।

बिदेश सचिव मिश्रिले नेपाल भ्रमणका क्रममा उच्चस्तरिय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । उनले राष्ट्रपतिदेखी प्रधानमन्त्री तथा विभिन्न पार्टीका नेताहरुलाई समेत भेट्ने तय भएको परराष्ट्र स्रोतले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update