Public Pana
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । 
भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।
बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
भूकम्पको क्षति बारे विवरण आउन बाँकी छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update