Public Pana
सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ ।

नेप्से परिसूचक भने यस दिन ६.७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २७६६ अंकमा कायम भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै ५.८७ प्रतिशत बढ्यो । बैंकिङ ०.५५, विकास बैंक ०.६७, फाइनान्स ०.४२, होटल तथा पर्य६न १.२७, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.४४ तथा अन्य समूह ०.५५ प्रतिशत घटे । लगानी १.३३, हाइड्रोपावर ०.८७, निर्जीवन बीमा ०.०७ तथा ब्यापार समूह ०.४७ प्रतिशत बढे ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update