Public Pana
मिस एप्रोचबाट ल्याण्डिङ गर्दा टर्की एयरको जहाज ओभरसुट गरियो

टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६स् १० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालय स्रोतले जनाएको छ । 

अवतरणका क्रममा ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको बताइएको छ । मिस एप्रोच हुँदा बिमान ल्याण्डिङमा समस्या भएर दुर्घटना हुने भएकाले बिमानलाई ओभरसुट गर्न एटिसी टावरले निर्देशन दिएको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update