Public Pana
काभा महिला भलिबल : उपाधीका लागि नेपाल र भारत भिड्दै

काठमाडाै- आयोजक  नेपाल काभा महिला नेसन्स लिगको उपाधिका लागि बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। सोही दिन पहिलो फाइनलमा भारतले पनि श्रीलंकालाई सोही सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।  

नेपाल र भारतबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।

लिगचरणमा नेपालले भारतमाथि ३-२ को रोमाञ्चक जित हासिल गरेको थियो। यसअघिका भेटमा भारतले नेपालमाथि जित हासिल गर्दै आएको थियो।

तर, यसपल्ट भने नेपाल घरेलु कोर्टमा भारतलाई हराउन सफल भयो। नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा छ। यता, भारत भने लिगचरणमा बेहोरेको हारको बदला लिने लक्ष्य साथ कोर्ट उत्रिने छ।
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update