Public Pana
तीन राज्यमन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले नेपाली कांग्रेसका दुई जना र नाउपाबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएको छ भने नाउपाले अरुण चौधरीलाई राज्यमन्त्री बनाएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update