Public Pana
केपी ओली नेतृत्वको सरकारमा ३ राज्यमन्त्रीले आज सपथ लिदै

केपी ओली नेतृत्वको सरकारमा आज तीन जना राज्यमन्त्री सपथ लिने भएका छन् । प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण केही दिनदेखी गर्ने भनिएको राज्यमन्त्रीको सपथ आजलाई तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीका निकटवर्तीहरुका अनुसार शुक्रवार नेपाली कंग्रेसबाट दुई जना र नागरिक उन्मुक्ति पार्टीबाट एक जनालाई राज्यमन्त्री बनाउन लागिएको हो ।

स्रोतका अनुसार नेपाली कंग्रेसबाट राज्यमन्त्री बन्नेमा एक महिला पनि छन् । उनीहरुको नाम टुंगो लागेपनि कंग्रेस नेताहरुले बताउन चाहेनन । नागरिक उन्मुक्ती पार्टीबाट भने कैलालीबाट निर्वाचित सांसद अरुण चौधरी छन् । उनलाई भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्रालयमा राज्यमन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ ।

उक्त पार्टीले फुल मन्त्रालय नपाएका कारण एमालेकै मन्त्री भएकै मन्त्रालयमा प्रधानमन्त्री ओलीले उनको जिम्मेवारी तोक्ने तयारी गरेको स्रोतको दावी छ ।

त्यसो त पार्टीबाट यसअघि मन्त्री बनेकी रञ्जिता श्रेष्ठले समेत उक्त मन्त्रालय सम्हालि सकेका कारण उन्मुक्तीले त्यही मन्त्रालयमा रोजेको स्रोतको दावी छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update