Public Pana
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको धनबहादुर बुढाले जानकारी दिए ।

विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।

पार्टीमा दुई सय ९९ सदस्यीय  कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ ।

समाजवादीले हालै मात्र महाधिवेसन सम्पन्न गरि पदाधिकारीको जिम्मेवारी टुंगो लगाएको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update